जेनजी आन्दोलनको प्रतिवेदनबारे विस्तृत भोलि आउने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १

काठमाण्डौँ । सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक हुने बताएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले भोलि विस्तृत आउने बताएका हुन् ।

प्रतिवेदन अध्ययन गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने, अहिले भएको निर्णय यत्ति हो । जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद्मा आइतबार छलफल भएको थियो ।

उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतलाई फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

उक्त प्रतिवेदन पूर्ण सार्वजनिक गर्न भन्दै दबाब बढिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *