काठमाडौं — बजारमा देखिएको ग्यास अभावलाई व्यवस्थापन गर्न नेपाल आयल निगमले नयाँ निर्णय लागू गरेको छ। निगमका अनुसार आज (शुक्रबार) देखि अर्को सूचना जारी नभएसम्म उपभोक्तालाई आधा सिलिन्डर ग्यास मात्र वितरण गरिनेछ।
नयाँ व्यवस्थाअनुसार अब ग्यास सिलिन्डरमा ७.१ किलोग्राम एलपी ग्यास भरेर बिक्री गरिनेछ र यसको मूल्य ९५५ रुपैयाँ तोकिएको छ। यसअघि एक सिलिन्डरमा करिब १४.२ किलोग्राम ग्यास उपलब्ध गराइँदै आएको थियो।
निगमका अनुसार पछिल्लो समय मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्तिमा अवरोध देखिएको छ। यही प्रभावका कारण नेपालमा पनि ग्यासको माग बढेको र आपूर्तिमा दबाब परेको बताइएको छ।
नेपाल आयल निगमले नियमित रूपमा ग्यास आपूर्ति गरिरहेको दाबी गर्दै आएको भए पनि बजारमा माग अत्यधिक बढेकाले सबै उपभोक्तासम्म ग्यास पुर्याउने उद्देश्यले अस्थायी रूपमा आधा सिलिन्डर वितरण गर्ने निर्णय गरिएको जनाएको छ।
निगमले परिस्थितिअनुसार आगामी दिनमा थप निर्णय लिन सकिने र उपभोक्तालाई धैर्य गर्न आग्रह पनि गरेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्