काठमाडौं ६ मा शिशिर खनाल विजयी, रास्वपाको खातामा दोस्रो जीतको दर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।

खनालले आफूहरूको सरकार बनेको एक सय दिनभित्रै नयाँ नतिजा दिनेगरी काम गर्ने बताएका छन् । निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खनालले मूलतस् भ्रष्टाचारको विरोधमा काम गर्नुपर्ने बताएका छन् । आफू घरदैलोमा जाने क्रममा पनि धेरैजसो जनताले सोही कुरा भनेको उनले प्रतिक्रिया दिए ।

यस भन्दा अगाडी काठमाण्डौँ क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना १५ हजार ४ सय ५५ मतले विजयी भइ सकेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *