काठमाडौं । नेपाली युवापुस्तामाझ लोकप्रिय नाम बनेकी रञ्जु दर्शना अहिले पनि नेपाली राजनीतिमा चर्चित व्यक्तित्वका रूपमा चिनिन्छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर राष्ट्रिय स्तरमै चर्चा कमाएकी उनी अहिले नयाँ राजनीतिक परिवेशमा फेरि चर्चामा आउन थालेकी छन् ।
प्रारम्भिक राजनीतिक यात्रा : रञ्जु दर्शना पहिलोपटक २०७४ को स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी थिइन् । युवा, शिक्षित र वैकल्पिक राजनीतिका प्रतिनिधिका रूपमा प्रस्तुत भएकी उनले त्यतिबेला करिब २३ हजार ४ सय २९ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेकी थिइन् ।
उनको उम्मेदवारीले काठमाडौंका युवामाझ वैकल्पिक राजनीतिक बहसलाई निकै बलियो बनाएको थियो। सामाजिक सञ्जाल, नागरिक अभियान र स्वच्छ राजनीति भन्ने नाराका कारण उनले छोटो समयमै लोकप्रियता कमाएकी थिइन् ।
निर्वाचनपछि विवेकशील नेपाली र साझा पार्टी एकीकृत भएर विवेकशील साझा पार्टी बने पनि आन्तरिक विवादका कारण रञ्जु दर्शनाले पार्टीबाट राजीनामा दिएकी थिइन् । त्यसपछि केही समय उनी सक्रिय राजनीतिबाट टाढा देखिए पनि सामाजिक र राजनीतिक विषयमा निरन्तर आवाज उठाउँदै आएकी थिइन् ।
उनको यो अभिव्यक्ति काठमाडौं महानगरको निर्वाचनको सन्दर्भमा आएको थियो, जसले चुनावी राजनीतिमा लैङ्गिक संवेदनशीलताको विषयलाई फेरि चर्चामा ल्याएको थियो ।
उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट काठमाण्डौँ निर्वाचन क्षेत्र १ बाट उम्मेद्धार छिन् । मतगणना क्रम जारी छ जसमा उनी अग्रस्थानमा छन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्