|
२०८२ फाल्गुन २०
काठमाण्डौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन् । केहीबेरदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।
बैठकमा पछिल्लो देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने बताइएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्