पश्चिमी प्रभावले मौसम बद्लियो: केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १७

काठमाडौं – देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहेको छ भने अन्य स्थानमा आंशिकदेखि सामान्यतया सफा मौसम रहने अनुमान गरिएको छ।

कोशी र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा पनि आंशिक बदली रहनेछ।

तराई क्षेत्रमा बिहान हुस्सु–तुवाँलो लाग्नेछ तर दिउँसोपछि मौसम मुख्यतया सफा रहने जनाइएको छ।

मौसमविद्हरूले वर्षा, हिमपात र तुवाँलो हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *