|
२०८२ फाल्गुन ११
काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्लाही–४ मा चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
काठमाडौँ–४ बाट यसअघिको चुनाव लड्दै आएका थापा सर्लाही–४ मा चुनाव लड्न पुगेसँगै यहाँको चुनावी माहोल तातिएको छ । सोही क्रममा उनले सोमबार सर्लाहीको रामनगर गाउँपालिका क्षेत्रमा घरदैलो गरेका हुन् ।
घरदैलोका क्रममा केही दिनअघि रास्वपाबाट कांग्रेस प्रवेश गरेकी ममता शर्मालगायतको सहभागिता रहेको थियो । थापाले आफ्नो पक्षमा राम्रो माहोल बनिरहेको घरदैलोका क्रममा बताए ।
यस्तै गगन भोट माग्दै जनताको घरदैलोमा पुग्दा मतदाताहरुले शुभकामना दिएका थिए । सोही क्षेत्रबाट रास्वपाका अमरेश कुमार सिंहको समेत उम्मेदवारी रहेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्