सुक्खा मौसममा पनि दूध उत्पादन बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ८

काठमाण्डौँ । व्यास नगरपालिका १३ बेलबासका पशुपालन गर्दै आएका किसानले सुक्खा मौसममा पनि दूध उत्पादनमा वृद्धि गरेका छन् ।

दूधबाट राम्रै आम्दानी हुने देखेपछि यहाँका किसानले उत्साहित भएर गाईको सङ्ख्या थप्दै गएका छन् ।

बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध एक सय ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालनमा आवद्ध भएका छन् ।

यसअघि दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएकामा अहिले एक हजार सात सय लिटर दूध सङ्कलन भइरहेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिएका छन् ।

उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखराको सुजल डेरी प्रालिमा बिक्री गर्ने गरिएको छ ।

उत्पादन गरिएको दूध बिक्रीका लागि बजारको कुनै समस्या नभएपछि यहाँका किसान पशुपालनतर्फ आकर्षति भएका व्यवस्थापक साँखीको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *