म्याग्दीमा महावीर चुनौती, चुनावी प्रतिस्पर्धा रोचक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ७

काठमाण्डौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हिमाली जिल्ला म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । एउटै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा यसपटक स्वतन्त्र उम्मेद्वार महावीर पुन को उम्मेदवारीले प्रतिस्पर्धा थप रोचक बनेको छ।

मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार पुन देखिएका छन्। दलहरूले घरदैलो, मतदाता भेटघाट र सामाजिक सञ्जालमार्फत प्रचारलाई तीव्र बनाएका छन् ।

एमाले र कांग्रेस दुवैले आ–आफ्नो संगठनात्मक आधार बलियो रहेको दाबी गरेका छन् भने नेकपाले १२ वर्षपछि आफ्नै उम्मेदवार उठाएकाले कार्यकर्तामा उत्साह बढेको जनाएको छ । स्वतन्त्र उम्मेदवार पुनले शिक्षा सुधार, नवप्रवर्तन र सुशासनलाई मुख्य मुद्दा बनाएका छन् ।

जिल्लाभर ८२ मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ भने ८६ हजार ३९७ मतदाता रहेका छन्। मतदाताहरू भने सबै उम्मेदवारका एजेन्डा सुनेर विवेकसम्मत रूपमा मतदान गर्ने बताइरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *