खोटाङबाट १५ उम्मेदवार, महिला शून्य, पुरानै दलबीच प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ७

खोटाङ । खोटाङ प्रतिनिधिसभा निर्वाचन (फागुन–२१) का लागि १५ उम्मेदवार दर्ता भएका छन्, तर महिला उम्मेदवार शून्य छन् ।

१३ दल र दुई स्वतन्त्र उम्मेदवारमध्ये कसैले पनि महिलालाई प्रत्यक्षतर्फ अघि सारेका छैनन् । समानुपातिकतर्फ पनि महिलालाई अपेक्षित स्थान नदिइएको गुनासो छ ।

नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वपा, माओवादी, राप्रपा, जसपा लगायत पुरानै दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लामा १ लाख ४७ हजारभन्दा बढी मतदाता, १३६ मतदानस्थल र १९५ मतदान केन्द्र तोकिएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस निर्वाचनमा नयाँ भन्दा पनि पुरानै दलहरूबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *