सुर्खेतबाट रास्वपाको चुनावी अभियान तीव्र, आज वाचापत्र सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरूप आज सुर्खेतमा चुनावी सभा गर्दै आफ्नो वाचापत्र सार्वजनिक गर्ने भएको छ।

फागुन २१ गते तय गरिएको निर्वाचनलाई लक्षित गर्दै पार्टीले घण्टाघर चोक, सुर्खेतमा मध्यान्ह १२ बजे “परिवर्तन उद्घोष सभा” आयोजना गरेको हो। सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह ले सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि रास्वपाले धनगढीमा समेत यस्तै सभा सम्पन्न गरिसकेको छ। सुर्खेत सभाबाट सार्वजनिक हुने वाचापत्रमार्फत पार्टीले आफ्ना प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *