मर्स्याङ्दी नदीको पुल भासिँदा खाद्यान्न ढुवानीमा समस्या

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार २०

रासस। लगातारको वर्षासँगै मनाङको नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ। असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले बताए। उनकाअनुसार असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लाको सबैभन्दा विकटक्षेत्र नार्पामा सवारी आवागमन समस्या भएको हो। जसको विकल्पमा घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *