|
२०८२ फाल्गुन ४
रौतहट, चन्द्रनिगाहपुर – इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाका आधारमा गरिएको खानतलासीमा सुरुमा ३२ वर्षीय तुलबहादुर लामा चन्द्रपुर–१ बाट पक्राउ परे। उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएको थियो।
त्यसपछि चन्द्रपुर–४ गणेशचोकमा बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई पक्राउ गरिएको थियो। उनीहरूको कोठाबाट ब्राउन सुगर जोख्ने डिजिटल मेसिन र प्याक गर्ने प्लास्टिक सामग्री फेला परेको थियो।
अन्ततः २९ वर्षीय प्रशान्त तामाङलाई पनि नियन्त्रणमा लिइएको थियो, उनको कोठाबाट २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
चारै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्