दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

रौतहट ।  रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ।

गंगापिपराबाट गौरतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भई झण्डै ५० मिटर तल झरेर रुखमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा यमुनामाई गाउँपालिका–४ का २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती गम्भीर घाइते भएका थिए।

दुवैलाई तत्काल प्रादेशिक अस्पताल गौर लगिए पनि उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *