मोस्का दाजुभाइको शतकीय साझेदारी, नेपाल १० विकेटले पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २९

मुम्बई, माघ २९ — आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत इटलीसँग नेपाल १० विकेटले पराजित भएको छ। १२४ रनको सामान्य लक्ष्य पछ्याएको इटलीले १२.४ ओभरमै बिना क्षति पूरा गर्दै ऐतिहासिक जित दर्ता गर्‍यो।

एन्थोनी र जस्टिन मोस्काले शतकीय साझेदारी गर्दै सुरुदेखि नै खेल नियन्त्रणमा लिए। दुवैले अर्धशतक प्रहार गर्दै नेपालको बलिङ आक्रमणलाई दबाबमा राखे।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै समेटिएको थियो। आरिफ शेखले २७ रन बनाए भने रोहित पौडेलले २३ रन जोडे। इटलीका स्पिनर क्रिसन कालुगमागेले ३ विकेट लिए।

लगातार दोस्रो हारसँगै नेपालको सुपर–एट सम्भावना कमजोर बनेको छ भने इटलीले विश्वकपमा पहिलो जित हात पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *