हङकङ सिक्सेसमा श्रीलंकासँग नेपाल ३ विकेटले पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २२

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । बाउल लिगअन्तर्गतको खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको हो ।

पहिले ब्याटिङ गर्दै नेपालले ६ ओभरमा ४ विकेटको क्षतिमा ८६ रन बनायो । सन्दीप जोराले सर्वाधिक ३९ रन योगदान दिए भने लोकेश बम ३१ रनमा अविजित रहे । श्रीलंकाका थरिन्दु रत्नायकेले २ विकेट लिए भने लहिरु समरकुन र लहिरु मदुशन्काले १–१ विकेट लिए ।

८७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ३.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । धनन्जय लक्षनले अविजित ३६ रन र निमेश विमुखीले अविजित ३३ रनको योगदान दिए । नेपालका रुपेश सिंहले २ विकेट र लोकेश बमले १ विकेट लिए ।

यसअघि नेपाल समूह चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित हुँदै बाउल लिगमा पुगेको थियो । नेपालले अब आजै भारतसँग र भोलि यूएईसँग खेल्नेछ । बाउल लिगबाट शीर्ष दुई टोलीले बाउल फाइनलमा स्थान बनाउने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *