मंगलबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २७

काठमाण्डौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन भने पाँच हजार २ सय ५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २ सय ४० रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *