२५ वर्षमा अन्नपूर्णमा २६ लाख पर्यटक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

गण्डकी। अन्नपूर्ण क्षेत्र २५ वर्षमा विश्वभरका २६ लाख ३२ हजार चार विदेशी पर्यटकको गन्तव्य बनेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘एक्याप’ का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएका थिए भने सन् २०२५ मा हालसम्मकै उच्च दुई लाख ९९ हजार ८३१ पर्यटक पुगेका छन्।

कोभिड–१९ महामारीका कारण सन् २०२१ मा पर्यटक आगमन न्यूनतम १६ हजार १०५ पुगेको थियो। तर सन् २०२२ देखि पुनः वृद्धि भएको छ। गत वर्ष दक्षिण एसियाली मुलुकबाट १ लाख ७७ हजार ६२८ र अन्य मुलुकबाट १ लाख २२ हजार २०३ पर्यटक आएका थिए।

अन्नपूर्ण क्षेत्र पदयात्रा, प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र पर्यटनमैत्री पूर्वाधारका कारण पर्यटकको आकर्षक गन्तव्य बनेको छ। यहाँ अन्नपूर्ण आधार शिविर, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, मुक्तिनाथ र घोडेपानी जस्ता गन्तव्यस्थल छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *