काठमाण्डौँ । कांग्रेस र नेकपाले चुनावी तालमेल अस्वीकार गरेपछि एमाले अप्ठेरोमा परेको छ ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि खास क्षेत्रहरूमा तालमेल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव दुवै पार्टीले नकारेका हुन् । कांग्रेसले निर्वाचनपूर्व कुनै गठबन्धन नगर्ने स्पष्ट गरिसकेको छ भने नेकपाले पनि एक्लै चुनाव लड्ने निर्णय दोहो¥याएको छ । यसले झापा–५ मा ओली र दाङ–२ मा महासचिव शंकर पोखरेललाई चुनौती बढाएको छ । एमालेले अन्तिम समयसम्म केही दलसँग सहकार्यको प्रयास जारी रहने बताएको छ ।
खास गरी झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ओलीसँग प्रतिस्पर्धामा उत्रेका छन् । रास्वपाको लहर बढ्दै गएको ठहरसहित ओलीले आफ्नो र महासचिव पोखरेलको क्षेत्रमा नेकपा र कांग्रेसमध्ये कुनै एक दलसँग तालमेल गरेर जीत सुनिश्चित गर्न चाहेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Brock145
February 6, 2026Join our affiliate program and start earning today—sign up now!