काठमाण्डौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल अन्तिम चरणमा पुगेको छ ।
जेनजी विद्रोहका कारण सत्ता गुमाएका कांग्रेस र एमालेले राष्ट्रिय सभा निर्वाचन, संसद् पुनर्स्थापना नभए फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल र सहकार्य गर्ने विषयमा निरन्तर छलफलमा छन् ।
पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी समेत चुनावी तालमेल र सहकार्यको विषयमा सहभागी भएको स्रोतको दाबी छ । कांग्रेस उच्च स्रोतका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई समेत सहभागी गराउने विषयमा लगभग सहमति नजिक पुगेको छ । सोमबार साँझसम्म भागबन्डा टुङ्गो लगाउने गरी दोस्रो तहका नेताहरू सक्रिय भएको बुझिएको छ ।
‘राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेल गर्ने विषयमा सहमति नजिक पुगेको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली एकता समाज भारतले आयोजना गरेको एकता सभा कार्यक्रममा भाग लिन अहिले नयाँ दिल्लीमा रहेका छन् । प्रचण्डले भारत जानु अगाडि एमालेका अध्यक्ष केपी ओलीसँग करिब आधा घण्टा छलफल गरेका थिए ।
दुई नेताबिच भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल तथा सहकार्यको विषयमा छलफल भएको थियो । तर नेकपाका नेता हरिबोल गजुरेलले अहिलेकै अवस्था एमालेसँग सहकार्य वा एकता भए आत्मघाती हुने बताएका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्