काठमाण्डौँ । संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसद्को लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसंग निरन्तर सम्वादमा रहेको र सिंहदरबारमै रहेको नयाँ संसद् भवन नै प्रयोग हुने जानकारी दिएका हुन् ।
अहिले नयाँ संसद् भवनबाहेक अन्य विकल्पमा कुनै छलफल नभएको उनले बताए । नयाँ संसद् भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू न्यूनतम रूपमा भए पनि प्राप्त हुने संसद् सचिवालयको विश्वास रहेको उनको भनाइ छ ।
प्रवक्ता गिरीले अधिवेशन आह्वान हुनुभन्दा १५र२० दिनअगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने उल्लेख गरेका छन् ।
उनले नयाँ संसद् भवनमा निर्माण भइरहेको प्रतिनिधिसभातर्फ १२ वटामध्ये बैठक कक्षसहित ६ वटा कक्ष उपलव्ध भएको अवस्थामा बैठक सञ्चालन हुने देखिएको बताएका छन् ।
तत्कालका लागि न्युनतम रूपमा बैठक सञ्चालन गर्ने र निर्माण भइसकेपछि क्रमश अन्य कामहरू नयाँ भवनबाट सुरु गर्नेगरी तयारी भएको उनको भनाइ छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्