प्रतिनिधिसभा चुनावका लागि रास्वपाको निर्णायक बैठक आज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट अन्तिम चरणमा पुर्‍याएको छ। सोही प्रयोजनका लागि पार्टीको केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो।

चमतिस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू सहभागी हुनेछन्। पार्टी प्रवक्ता मनिष झाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पनि बैठकमा उपस्थित हुने जानकारी दिए।

प्रवक्ता झाका अनुसार शाहले बैठकअघि नै काठमाडौँ महानगर प्रमुख पदबाट राजीनामा दिने तयारी गरेका छन्। बैठकले उम्मेदवार टुङ्गो लगाउने मुख्य एजेन्डा तय गरेको बताइएको छ।

बैठक सम्पन्न भएपछि सभापति लामिछाने, नेता शाहलगायतका नेताहरू आजै साँझ जनकपुर प्रस्थान गर्ने कार्यक्रमसमेत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *