|
२०८२ माघ १२
काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातामै खानेतेलको मूल्य प्रतिलिटर ४०–५० रुपैयाँले बढेको छ। सनफ्लावर र भटमास तेल २९०–३०० रुपैयाँ पुगेका छन् भने तोरीको तेल ३८०–४०० रुपैयाँमा बिक्री भइरहेको छ।
उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएको, भारतमा माग बढेको र डलरको भाउ चढेको कारण देखाएका छन्। तर उपभोक्ता अधिकारकर्मीले भने चुनाव नजिकिँदा कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य बढाइएको आरोप लगाएका छन्।
उपभोक्ताहरूको गुनासो बढ्दै गएपछि वाणिज्य विभागले उद्योगीलाई छलफलका लागि बोलाएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सनफ्लावर तेलको मूल्य २० प्रतिशतभन्दा बढी बढेकाले निकट भविष्यमा तेल सस्तो हुने संकेत देखिएको छैन।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्