सोमबार सनुको मूल्य कति बढ्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २२

काठमाण्डौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सनुको मूल्य तोलाको ७०० रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर ३ हजार ५ सय ८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ६ सय ५ रुपैयाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *