कुखुरा बोकेको जिप दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ११

रुकुमपूर्व — भूमे गाउँपालिका–४ धौदापहिरामा आइतबार बिहान कुखुरा बोकेको जिप दुर्घटना भएको छ।

सल्यानबाट खाबाङ बगरतर्फ आउँदै गरेको लु३च ७०३६ नम्बरको जिप तुसारो जमेको सडकमा चिप्लिएर करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिपमा रहेका कुखुरा मरेका छन् भने मानवीय क्षति नभएको र जिप पन्छाउने काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *