माघ ६ मै उम्मेदवारी दर्ता, मिति नसरिने आयोगको स्पष्टोक्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नसरिने स्पष्ट पारेको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार माघ ६ गते नै मनोनयन दर्ता हुनेछ।

पार्टीहरूका आन्तरिक विवाद र तयारी अपूर्ण भए पनि मिति परिवर्तनबारे कुनै छलफल नभएको उनले बताए।

आयोगले सबै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना भइसकेको र आवश्यक कागजातसहित तोकिएको समयमै मनोनयन गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *