उज्यालो नेपाल पार्टीमा करिब एक दर्जन केन्द्रीय सदस्यहरू पार्टीमा नरहने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १

काठमाण्डौँ । उज्यालो नेपाल पार्टी दर्ता हुँदा निर्वाचन आयोगमा पेस गरिएका केन्द्रीय सदस्यमध्ये करिब एक दर्जन नेताहरूले उक्त पार्टीमा नरहने निर्णय गरेका छन् ।

निर्वाचन आयोगमा पूर्वसचिव अनूप उपाध्यायको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति रहेको सूची पेस गरिएको थियो । उपाध्याय अध्यक्ष रहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने निर्णय भएको थियो ।

दुई दलमा शक्ति बाँडफाँटमा कुरा नमिलेपछि गत शनिबार एकता भंग गरिएको थियो । एकता भंग भएसँगै उज्यालो नेपालको अध्यक्ष कुलमान घिसिङ हुने गरी पार्टी ब्युँताइएको छ ।

रास्वपासँगको एकता भंग गरे पनि कतिपय नेताहरु पूर्ववत रुपमा उज्यालो नेपालमा फर्कन इन्कार गरेका छन् । डा. तारा जोशी, डा. विशाल भण्डारी, डा. अभिषेक सिंह, डा. सागर ढकाल, डा।घनश्याम पाण्डे उज्यालो नेपालमा फर्कन तयार भएनन् ।

विवेकशील साझाको पृष्ठभूमि रहेका निर्देश सिलवाल र सञ्जिव भट्टराई उज्यालो नेपालमा आवद्ध नहुने जानकारी गराइएको छ । रास्वपाको समानुपातिक तर्फको बन्द सूचीमा रहेकी रिमा विश्वकर्मा पनि उज्यालोमा नफर्कने निर्णय गरेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *