काठमाडौं: एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको बहुमूल्य सामग्री तथा महत्वपूर्ण कागजात सुरक्षित राख्ने सुविधालाई थप आकर्षक बनाउँदै लकर सेवामा ३० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराएको छ।
बैंकका अनुसार माघ ६ गतेसम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहकहरूले लकर सेवाको पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत छुट पाउनेछन्। यस सुविधाले ग्राहकलाई आफ्नो बहुमूल्य सामान तथा कागजात ढुक्कका साथ सुरक्षित राख्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
एनआईसी एशिया बैंकले मुलुकभरका विभिन्न शाखामार्फत ग्राहकको आवश्यकता अनुसार विभिन्न आकारका लकर सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले ल्याएको यो छुट सुविधाबाट लकर सेवा प्रयोग अझ सहज, सरल र किफायती हुने अपेक्षा गरिएको छ।
लकर सेवा सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले नजिकैको एनआईसी एशिया बैंक शाखा कार्यालयमा सम्पर्क गर्न वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बरहरू १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ तथा ०१–५९७०१०१ मा फोन गर्न बैंकले अनुरोध गरेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्