एनआईसी एशिया बैंकका ग्राहकहरूलाई मकवानपुरको ओम अध्याय रिट्रिटमा विशेष छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १४

काठमाण्डौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने भएको छ ।

बैंकले आफ्ना ग्राहकहरूलाई थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट सुविधा दिलाउन उक्त रिसोर्टसँग सम्झौता गरेको हो ।

ग्राहकहरूले सो रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास रहेको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *