नेपाल बैंकका सेवा अस्थायी रूपमा बन्द हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

काठमाण्डौँ । नेपाल बैंक लिमिटेडले सिस्टम अपग्रेडेसनका कारण आफ्ना सम्पूर्ण बैंकिङ सेवा केही समयका लागि बन्द हुने जनाएको छ । बैंकले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि शनिबारसम्म सिस्टम अपग्रेडेसनको कार्य गरिने भएको हो ।

बैंकका अनुसार शुक्रबार राति ११ बजेदेखि सिस्टम अपग्रेडेसनको काम सुरु हुनेछ । उक्त कार्य शनिबार बिहान ९: ४५ बजे सम्पन्न हुने बैंकले जनाएको छ । यस अवधिमा नेपाल बैंकका सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुने छैनन् ।

बैंकले सिस्टम अपग्रेडेसनका क्रममा ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै आवश्यक कारोबार समयमै व्यवस्थापन गर्न आग्रह गरेको छ ।

नेपाल बैंकले सेवा गुणस्तर सुधार तथा सुरक्षित र प्रभावकारी बैंकिङ प्रणाली सञ्चालनका लागि समय–समयमा प्रणाली स्तरोन्नति गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *