काठमाण्डौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँस्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी बागमती प्रदेशबाट योग्य ठहरिएका ५०० भन्दा बढी अभिकर्ता, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख तथा बागमती प्रदेशअन्तर्गतका शाखा कार्यालय प्रमुखहरूको उपस्थितिमा सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रमको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । सो अवसरमा बागमती प्रदेशबाट सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई क्लबको सदस्यता प्रदान गर्दै सम्मान गरिएको थियो । साथै नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । प्रदेशस्तरमा आफ्नो कोड र सञ्जालबाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ट अभिकर्ताहरूलाई विशेष पुरस्कारसमेत प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले नेपालभरबाट १,६०० भन्दा बढी अभिकर्ता सीईओ क्लबका लागि छनोट हुनु यस योजनाको ठूलो सफलता भएको बताउनुभयो । यस्ता योजनाले अभिकर्ताहरूलाई सकारात्मक प्रेरणा दिने भएकाले सबै तहका अभिकर्तालाई समेट्ने गरी मासिक तथा वार्षिक योजनाहरू निरन्तर ल्याइने उहाँको भनाइ थियो ।
समारोहमा उपस्थित विजेता अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले मोटिभेसनल तालिम प्रदान गर्नुभएको थियो ।
बागमती प्रदेशबाट उत्कृष्ट अभिकर्तामध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाकी रविना के.सी.ले आफ्नो व्यावसायिक अनुभव साझा गर्नुभएको थियो । कार्यक्रममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम पाउँदा थप ऊर्जा प्राप्त भएको र आफ्ना प्रयासको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान पाउँदा अत्यन्तै गर्व महसुस भएको प्रतिक्रिया दिएका थिए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्