भेनेजुएलाको अवस्थाबारे सुरक्षा परिषद्मा पाकिस्तानको चिन्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २२

काठमाण्डौँ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा पाकिस्तानले भेनेजुएलामा विकसित अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसले विश्वव्यापी शान्ति र स्थिरतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानका कार्यवाहक स्थायी प्रतिनिधि उस्मान जादुनले बैठकमा विश्व अहिले धेरै अन्तर्राष्ट्रिय संकटहरूको सामना गरिरहेको उल्लेख गर्दै बढ्दो तनावले नयाँ खतराहरू सिर्जना गर्न सक्ने बताए। ुविश्व पहिले नै धेरै संकटहरूको सामना गरिरहेको छ।

जादुनले राजनीतिक मतभेद समाधान गर्ने एक मात्र उपाय वार्ता र कूटनीति भएको स्पष्ट पार्दै भेनेजुएलामा हालै भएका घटनाक्रमहरूलाई पाकिस्तानले गहिरो चिन्ताका साथ हेरिरहेको बताए।

उनका अनुसार संयुक्त राष्ट्रसंघको बडापत्रले सदस्य राष्ट्रहरूलाई कुनै पनि देशको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध धम्की वा बल प्रयोग नगर्न बाध्य बनाउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *