आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने र त्यस स्थानमा दलले अर्को उम्मेदवार थप्न पाउने व्यवस्था भएको छ।
निर्वाचन आयोगका अनुसार ६४ राजनीतिक दलबाट प्राप्त उम्मेदवारीको मनोनयन यही पुस १३ र १४ गते गरिसकिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए अनुसार, कानुनअनुसार समावेशी समूहको मिलान गरेर पुस २० भित्र दललाई सूचीको जानकारी दिइनेछ। दलहरूले पुस २७ भित्र संशोधित सूची पेश गर्न सक्नेछन्।
सुधारिएको सूचीमा परेका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पुस २८ मा आवेदन दिन सक्नेछन्। आयोगले फिर्ता हुने उम्मेदवारबारे सम्बन्धित दललाई जानकारी दिनेछ र दलले अर्को उम्मेदवार थप्न पाउनेछ। बन्दसूची माघ ४ मा सार्वजनिक गरिनेछ।आम सर्वसाधारणले उम्मेदवार अयोग्य भएको दाबी गरेमा छानबिन गरी माघ २० मा अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि सूची परिवर्तन हुने छैन।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्