आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस, विशेष कार्यक्रम गरि वसन्तपुरमा मनाइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १७

काठमाण्डौँ । १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

‘नेपाली टोपीस् हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् ।

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

यस अवसरमा काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रमको आयोजन गरिएको थियो । कार्यक्रममा सहभागीहरू ढाका टोपी लगाएर उपस्थित भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *