मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार २

२ असार, काठमाडौं। मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो क्षति पुर्‍याएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जनाए अनुसार बुधबार दिउँसो आएको बाढीले मनाङको नासो गाउँपालिकाको कार्यालय, नासो गाउँपालिकामै रहेको इलाका प्रहरी कार्यालय, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवन बगाएको छ । यसका साथै अन्य पाँचवटा होटेल पनि बगाएको बताइएको छ।

मानवीय क्षतिको विवरण भने अहिलेसम्म उपलब्ध भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *