|
२०८२ पुष १५
काठमाण्डौँ । कुलमान घिसिङ संरक्षक बनेर खुलेको दल उज्यालो नेपाल पार्टीले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको घोषणा गर्यो । पार्टी एकतासँगै अब उज्यालो पार्टी अस्तित्वमा रहने छैन ।
तर, उज्यालो नेपाल पार्टीले सञ्चालनमा ल्याएको कार्यालय भने बन्द हुने छैन । उज्यालो नेपाल पार्टीले काठमाडौँको त्रिपुरेश्वरमा उज्यालो घर भनेर पार्टी कार्यालय सञ्चालनमा ल्याएको थियो ।
कुलमान निकट रास्वपा नेता जीतराम वाइबाका अनुुसार त्यो कार्यालयमा रास्वपा कुनै विभाग राखिने छ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीचको सहमतिमा रास्वपाको कार्यालय काठमाडौँ उपत्यकाभित्र राखिने उल्लेख गरिएको छ। हाल कार्यालय बनस्थलीमा भए पनि त्यहाँबाट सर्ने रास्वपाको तयारी छ।
माघ १ गतेदेखि त्यो घरबाट कलेज सञ्चालनमा आउँदै छ। त्यसैले त्यसअघि नै रास्वपा कार्यालय नयाँ घरमा सर्नुपर्ने छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्