लगातार बढेको सुनको भाउ आज ६०० रुपैयाँले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १४

काठमाण्डौँ । लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ ।

हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । चाँदीको भाउ भने हिजोको तुलनामा तोलामा ६० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । हिजोको सुनको भाउ अहिलेसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको भाउ भने अहिलेसम्मकै उच्च भएको छ । हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोालको ४ हजार ८ सय ३५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *