तारिख बुझ्नका लागि चितवन रवि लामिछाने जाँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ८

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तारिख बुझ्नका लागि चितवन जाँदैछन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका उनी चितवनको साहरा सहकारीको ठगी प्रकरणमा तारिख बुझ्न आज चितवन जिल्ला अदालत उपस्थित हुन लागेका हुन् ।

उनी बुद्ध एयरको जहाजमार्फत चितवन जाँदैछन् । मौसम खराबीका कारण जहाज नउँडेको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

यसअघि लामिछानेले सोमबार काठमाडौँ जिल्ला अदालतमा पनि तारिख बुझेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *