
काठमाण्डौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा चलान गरिएको छ । शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएका लामिछानेलाई आज भैरहवा कारगार पुर्याइएको थियो ।
शुक्रबार उनलाई हजाजमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । आज बिहान कार्यालय खुलेपछि सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।
लामिछाने अर्को आदेश नआउँदासम्म भैरहवा कारागारमै रहने उनले बताएका छन् । सोही सहकारी प्रकरणमा मुछिएका पूर्वडिआइजी छविलाल जोशी पनि भैरहवा कारागारमा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया