|
२०८२ पुष ६
काठमाडौँ । मधेश प्रदेश सभाको सभामुख चयनका लागि आज निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ। प्रदेशसभा बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका रहेको छ।
सातदलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादवले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिलोकी प्रसादलाई उम्मेदवार बनाएको छ।
यसअघि पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै सातदलीय गठबन्धनले तत्कालीन सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते दुई तिहाइ बहुमतका आधारमा पदमुक्त गरेको थियो। सोही कारण रिक्त रहेको सभामुख पदका लागि आज नयाँ नेतृत्व चयन हुन लागेको हो।
निर्वाचनको नतिजाले मधेश प्रदेशको आगामी राजनीतिक दिशा निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्