|
२०८२ पुष ४
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् ।
बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए ।
लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले बताए । उनका अनुसार लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएका हुन् ।
लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्