|
२०८२ पुष ४
सुर्खेत — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले एमाले परित्याग गरेका छन्। उनले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा विष्टले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। कर्णाली प्रदेशतर्फ केन्द्रीय सदस्यका उम्मेदवार विष्टले ८७५ मत ल्याएर पराजय बेहोरेका थिए।
विष्टले एमालेभित्र आफूजस्ता बाहिरबाट आएका नेताहरूलाई दोस्रो दर्जाको व्यवहार गरिएको आरोप लगाउँदै नेतृत्वको शैली र मूल्यप्रति असहमति जनाएका छन्। यही कारण पार्टीसँगको सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको उनको भनाइ छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्