|
२०८२ पुष २
काठमाण्डौँ । दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन आजदेखि भारतमा शुरू हुँदै छ ।
भारतले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा आयोजना गरेको उक्त सम्मलेन बुधबारदेखि पुस ४ गतेसम्म सञ्चालन हुने छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी परम्परागत चिकित्सा रणनीति सन् २०२५-२०३४ द्वारा निर्देशित यस सम्मेलन जनकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरूले कसरी सार्थक योगदान पुर्याउन सक्छन् भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।
सम्मेलनले विश्वका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता तथा समुदायहरूलाई एकै ठाउँमा ल्याई सहकार्यलाई प्रबर्धन गर्ने, डब्लूएचओको नयाँ वैश्विक परम्परागत चिकित्सा रणनीति २०२५-२०३४ को कार्यान्वयनलाई अघि बढाउने लक्ष्य राखेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्