हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १

काठमाण्डौँ । हाडनाता करणी मुद्दाका फरार प्रतिवादी स्याङ्जाको फेदीखोला गाउँपालिका २ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फेदी गाउँपालिका(२ फेदीखोलाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *