काठमाण्डौँ । हिमाली भू-भागमा हिउँद याम सुरु भएपछि डढेलोको जोखिम थपिँदै जाने क्रममा मनाङका विभिन्न बस्तीहरूमा वन डढेलोसम्बन्धी एकदिने समुदायस्तरका सचेतना गोष्ठीहरू सम्पन्न गरिएका छन् ।
हालै मनाङका नासोँ र चामे गाउँपालिका क्षेत्रमा आयोजित गोष्ठीहरूमा स्थानीय बासिन्दालाई डढेलोका कारण, प्रकार, सम्भावित जोखिम र नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी गराइएको हो ।
नासोँ गाउँपालिका–३ धारापानी बजारमा सम्पन्न गोष्ठीमा २८ जना स्थानीय सहभागी थिए । सो अवसरमा वन डढेलोको उत्पत्ति, मानव क्रियाकलापको भूमिका, सुक्खा मौसमको प्रभाव तथा क्षतिको दायरा विषयमा विस्तृत छलफल गरिएको थियो ।
नासोँ गाउँपालिका मनाङका चारवटै स्थानीय तहहरूमध्ये सबैभन्दा बढी डढेलो जोखिम क्षेत्र मानिने भएकाले सो क्षेत्रका स्थानीयलाई व्यावहारिक तथा प्राविधिक सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना ९एक्याप० इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।
यसै क्रममा चामे गाउँपालिका–१ तिमाङमा आयोजित गोष्ठीमा ३९ जनाको सहभागिता थियो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्