रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाण्डौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले फैसला कार्वान्यन अभियान अन्तर्गत २२ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

अदालतबाट कैद तथा जरिबाना तोकिएर लामो समयदेखि फरार रहेका विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको हो ।

बहुविवाह, चेक बाउन्स, जालसाजी, सामाजिक अपराध, कुटपिट र लेनदेनसम्बन्धी मुद्दामा संलग्न प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *