एमाले सचिवालयमा पेचिलो बहस: विधान संशोधन प्रस्ताव लिएर बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाडौं । महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमाले आज दिउँसो १ बजे च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक बसाउन तयारी अवस्थामा छ। बैठकमा महाधिवेशन प्रतिनिधि चयन, विधान संशोधन प्रस्ताव र आगामी महाधिवेशन सञ्चालन कसरी गर्ने भन्ने मोडालिटीबारे विस्तृत छलफल हुने बुझिएको छ।

पार्टी स्रोतका अनुसार केन्द्रीय समिति, स्थायी समिति र पदाधिकारीहरूको संख्या बढाउने उद्देश्यका साथ विधान संशोधन प्रस्ताव सचिवालयमा ल्याइँदै छ। तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले भने यसअघि महाधिवेशनले गरेको निर्णय उल्ट्याउने कुनै पनि प्रयास स्वीकार्य नहुने भन्दै कडा धारणा बनाउँदै आएको छ।

यसरी नै पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल नै नगर्ने संस्थापन पक्षको तयारीले सचिवालय बैठक थप जटिल र रस्साकस्सायुक्त हुने संकेत देखिएको छ। पार्टीभित्री शक्ति–सन्तुलन र आगामी महाधिवेशनको तयारीबीच आजको बैठकले महत्वपूर्ण मोड लिन सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *