|
२०८२ मंसिर २३
सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा राष्ट्रिय परिचय पत्र (डिजिटल कार्ड) वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले स्थानीय तहका विभिन्न शिविरहरूमा सङ्कलन गरिएको विवरणका आधारमा तयार पारिएको डिजिटल कार्ड गाउँपालिकामा पठाएको हो ।
प्राप्त जानकारीअनुसार, सोलुखुम्बुको वडा नं.४ र ५ का नागरिकको राष्ट्रिय परिचय पत्रसमेत गाउँपालिकामा उपलब्ध भइसकेका छन् । सेवाग्राहीले मंसिर २३ गतेदेखि महाकुलुङ गाउँपालिकाको पञ्जीकरण शाखाबाट आफ्नो डिजिटल कार्ड बुझ्न सक्नेछन् ।
गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख संजय बाबु कुरुङ र प्रमुख प्रशासकीय अधिकृत छोइवाङ तामाङद्वारा जारी गरिएको सूचनामा सेवाग्राहीलाई तोकिएको मितिभित्र कार्ड बुझ्न आग्रह गरिएको छ।



दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्