|
२०८२ मंसिर २३
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार कार्यालय उद्घाटन गरेका हुन्।
आयोगका प्रवक्ता अनुसार सचिव महादेव पन्थ निर्वाचन अधिकृत र सहसचिव यज्ञप्रसाद भट्टराई सहायक अधिकृत तोकिएका छन्। करिब ४१ कर्मचारी परिचालन गरिनेछ।
अर्थमन्त्री र कानुनमन्त्रीले आयोगसँगको छलफलमा आवश्यक बजेट र कानुनी सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्। आयोगका अनुसार यसले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन सहयोग गर्नेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्