ईश्वरको ‘काउन्टर’ प्रस्ताव ओलीलाई बुझाउने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २२

काठमाण्डौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार पारेका छन् ।

अध्यक्ष ओलीले महाधिवेशनमा आफ्नोबाहेक कुनै प्रस्तावमा छलफल नहुने बताइरहेका बेला पोखरेलले फरक मतसहित तयार पारेको प्रस्ताव छलफलका लागि लैजान लागेका हुन् ।

आफूले तयार पारेको प्रस्तावबारे पोखरेलले अध्यक्ष ओलीसँग छलफल गर्ने भएका छन् ।

पोखरेलले तयार पारेको प्रस्तावमा जेनजी आन्दोलन अघि र पछिको मुलुकको राजनीतिक अवस्था र त्यसको समीक्षा, पार्टी पुनर्गठन र लोकतान्त्रीकरणको सन्दर्भ, अहिलेको अवस्थामा पार्टीले लिनुपर्ने नीति र देशलाई दिनुपर्ने निकास, नवयुवाहरूको मनोभावना र पार्टीले लिनुपर्ने बाटो तथा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिलाई समेटिएको छ ।

पोखरेल पक्षले पार्टीमा भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा हुनुपर्ने बताउँदै आएको छ । साथै सो समूहले एमालेले विकसित परिस्थितिमा एमालेको नयाँ कार्यदिशा बन्नुपर्ने जोड दिए पनि अध्यक्ष ओली त्यसलाई स्विकार्न तयार भैसकेका छैनन् ।

गत भदौ २० देखि २२ गतेसम्म भएको एमाले विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्ताबेज पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *